६ मंसिर, २०८१ बिहिबार

09:55:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा पहिलो पटक टोस्ट मास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम सम्पन्न

Nepal Business

११ साउन, २०७९

नेपालमा पहिलो पटक टोस्ट मास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम सम्पन्न

काठमाण्डौं । टोस्ट मास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम सम्पन्न भएको छ । साउन ६,७ र ८ मा आयोजना गरिएको यस तीन दिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी थिए । उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएका थिए । 

कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिहरुले प्रेरणादायी वक्तव्य दिँदै तालिम सञ्चालन गरेका थिए । अमेरिकामा सन् १९२४ देखि शुरु भएको टोस्टमास्टर्स इन्टरनेसनल हाल विश्वका १४९ राष्ट्रहरूमा फैलिएको छ । 
नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ मा शुरु भएको हो । कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अङ्कुर यादवले भन्नुभयो, ‘एक कुशल नेता ले सङ्गठन प्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नुपर्छ  । हरेक वर्ष हामीले नयाँँ प्रेरणाको साथ काम गर्नुपर्छ र यस वर्ष केही नयाँ सिक्दै, आफुमा सकरात्मक परिवर्तन ल्याउँदै र आफुलाई सुधार्दै अघि बढ्नु पर्छ ।’

सोही उत्प्रेरणालाई निरन्तरता दिँदै पूर्व डिस्ट्रिक डाइरेक्टर डिटि एम  रन्जित आचार्यले नेतृत्व वर्गलाई सम्बोधन गर्दै भन्नुभयो, ‘नेता हुनु भनेको सबै भन्दा उत्कृष्ट हुनु होइन कि हिजोको आफुभन्दा आजको आफु सुधारिनु हो । र तपाईं को प्रतिस्पर्धा अरु कोही नभएर तपाईं को विगत हो । यसमा सफल हुनको लागि तपाईंमा जिम्मेवार बोध हुनुप¥यो , चनाखो हुनु प¥यो, सँधै केही न केही गरी रहनु प¥यो र आफुले जे गरेको छ त्यसमा रमाउन सक्नु प¥यो ।’

तालिम समारोहमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा बलिउडमा पनि आफ्नो प्रभुत्व जमाउन सफल प्रतिष्ठित कलाकार सुनिल थापाले प्रमुख अतिथिका रूपमा तालिमकर्तालाई सम्बोधन गर्नुभएको थियो। 
टोस्टमास्टर्स समुदायले समयप्रति देखाएको प्रतिबद्धता, व्यवस्थापन र व्यावसायिकताको प्रशंसा गर्दै उहाँले यो सिप व्यक्तिगत र व्यवसयिक जीवनमा पनि लागु गर्न सके धेरै प्रगती गर्न सकिने बताउनुभयो । 

डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर तथा कार्यक्रमका अध्यक्ष डि टि एम सुमन शाक्यले कोभिडपछिको नौलो समयलाई इङ्गित गर्दै आफ्नो स्वागत भन्नुभयो, ‘हामी टोस्टमास्टर्सहरुले एक कुशल नेतृत्वको रुपमा नयाँ नयाँ चुनौतीहरुलाई सामना गर्न सिक्नुपर्छ र यसको मन्त्र भनेको राइज रि बिल्ड र रि भाइभ हो ।’

साथै, डिस्ट्रिक्ट ४१ का डि टि एम  क्लब ग्रोथ डिरेक्टर मून प्रधान र उहाँको समूहले तालिम कार्यक्रमको नेतृत्व गर्नु भएको थियो । तालिममा टोस्टमास्टर्सको बजार प्रबद्र्धन गर्न, नयाँ क्लबहरू खोल्न तथा बिषयलाई पनि प्राथमिकता दिइएको थियो । भारतबाट आएका ६२ जना सहभागीले पनि नेपालीहरूको आतिथ्यको खुलेरै प्रशंसा गरेका थिए ।