९ मंसिर, २०८१ आइतबार
08:20:02 AM
११ साउन, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) ३५ अर्बको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको विभिन्न ३ वटा विकास ऋणपत्र सूचिकृत भएको हो ।
नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, को विनियम ८ अनुसार २०८४ 'छ' नामकाे १५ अर्ब रूपैयाँ बराबरकाे, २०८४ 'ज' नामकाे १५ अर्ब रूपैयाँ बराबरकाे र २०८५ 'च' नामकाे ५ अर्ब रूपैयाँ बराबरकाे गरी कुल ३५ अर्बकाे विकास ऋणपत्र सूचिकृत गरेको हो ।