१६ कार्तिक, २०८१ शुक्रबार
08:05:26 AM
११ साउन, २०७९
काठमाण्डौं । ग्लोकल प्राली अन्तर्गतको वाईग्लोकल टीन हीरो नेपाल २०२२को बारेमा जानकारी दिनका लागि ग्लोकल टिम नेपालका सातै प्रदेशका बिभिन्न शहरका विधालयहरूमा एक्टिभेशन कार्यक्रमसम्पन्न गरेको छ । कार्यक्रमका क्रममा नेपालका विभिन्न स्कुलमा किशोर किशोरीसँगको अन्तक्रिया हुँदा धेरै प्रतिभाशाली किशोर किशोरी भेटिएको र यस बर्षेनी भव्यताका साथ प्रतिभावान किशोर किशोरीलाई पहिचान गराउन सशक्त रुपमा तयारी भईरहेको आयोजकले जानकारी दिएको छ ।
ग्लोकल टीन हिरो कार्यक्रमको ग्लोबल लिड काजल झा ठाकुर भन्नुहुन्छ, ‘विगतका वर्ष झै यस बर्ष पनी हामी प्रति भाशाली किशोर किशोरीको खोजिमा नेपालमा ििवभिन्न ठाउँ पुग्यौं । किशोर किशोरीको कार्यको सम्मान एवम पहिचान गराउने एक मन्च ग्लोकल टीन हिरोको विकास गरेर निरन्तर काम गर्दै आठौं संस्करणसम्म आइपुग्दा नयाँ उर्जा थपिएको अनुभुती हुन्छ ।’
वाई वाई ग्लोकल टिन हिरो, ग्लोकलप्रा.ली. को एक कार्यक्रम हो, जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ ।
वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो, जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ । वाई वाईग्लोकल टीन हीरो नेपालको आठौंैं संस्करणका लागि आवेदन खुलेको छ । आवेदन भर्ने अन्तिम मिती जुलाई ३१ निर्धारण गरिएको छ।
प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मिार्फत निशुल्क आवेद भर्न सक्नेछन्।
सबाहेक, तपाईंहरुले चिनेका अद्भुत किशोर किशोरीहरूलाई मनोनयन पनि गर्न सक्नु हुनेछ । यस बर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२२ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।