९ मंसिर, २०८१ आइतबार

08:23:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनसीसी बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

११ साउन, २०७९

एनसीसी बैंकको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आवेदन दिने आज (साउन ११ गते, बुधबार) अन्तिम दिन रहेको छ ।  

बैंकले २६ लाख ३३ हजार १ सय ३६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । उक्त संस्थापक सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुसहित अन्य व्यक्ति, कम्पनी तथा संघरसंस्थाहरूले पनि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १३१ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
बैंकको सेयर बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गरेको छ ।

लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरूले बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।