९ मंसिर, २०८१ आइतबार
08:57:30 AM
११ साउन, २०७९
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि भएको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको आम्दानी र ईपीएस दुबै बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ५८ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ४३ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ५ लाख २६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १ अर्ब ३ करोड ९७ लाख ४० हजार रूपैयाँ रहेको थियो ।
चौथो त्रैमाससम्ममा लघुवित्त कम्पनीको सञ्चालन मुनाफा बढेर ९२ करोड ९३ लाख ६३ हजार रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको सञ्चालन मुनाफा ७० करोड ५५ लाख २८ हजार रूपैयाँ रहेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४० करोड ८९ लाख हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३३ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ रहेको छ ।