९ मंसिर, २०८१ आइतबार

08:27:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति ?

११ साउन, २०७९

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी ६.३६ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड ९० लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५ अर्ब ५९ करोड ३० लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि ३१.४१ प्रतिशतले बढेर ६ अर्ब ७२ करोड ७६ लाख रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म बैंकको सञ्चालन मुनाफा ५ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १४ अर्ब ६७ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २२ पैसाबाट बढेर २२ रूपैयाँ ३२ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा रहेको छ ।