९ मंसिर, २०८१ आइतबार

08:51:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा उल्लेख्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

११ साउन, २०७९

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा उल्लेख्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२७ प्रतिशतले बढी हो ।

गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३९ करोड ८८ लाख रूपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ३३.१९ प्रतिशतले बढेको छ।

त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन मुनाफा ६१.५४ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १३.४० प्रतिशत बढेको छ।

त्यसैगरी, बैंकको निक्षेप ६.९२ प्रतिशत र कर्जा २६.८६ प्रतिशतले बढेको छ। समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।