९ मंसिर, २०८१ आइतबार
05:54:08 AM
१० साउन, २०७९
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु ४ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यकक्षको व्यवस्थाको माग गर्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनमा उत्रिएका प्राधिकरणका कर्मचारीहरुले श्रम नियमावली, २०७५ को नियम ४४ (ख) बमोजिम कर्मचारीहरुलाई पर्याप्त शुद्ध हावा, प्रकाश एंव उपयुक्त तापक्रमको प्रबन्धसहितको कार्यक्षको व्यवस्था हुनुपर्ने, युनियनको तर्फबाट गत २ पुसमा बुझाएका मागहरु पूरा हुनुपर्ने, कर्मचारीहरूलाई प्रदान गरिँदै आएको ऋण सापटी सुविधालाई बिमासँग तत्काल आवद्ध गरिनुपर्ने माग गर्दै आएका छन् ।
साउन १३ गते शुक्रबारसम्म आफ्ना माग सम्बोधन नभए थप आन्दोलन गर्ने उनिहरुले बताएका छन् ।