९ मंसिर, २०८१ आइतबार

06:41:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंका रानी जोशी नियुक्त

Nepal Business

१० साउन, २०७९

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंका रानी जोशी नियुक्त

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंका रानी जोशी नियुक्त हुनुभएको छ । मंगलबार सो सम्बन्धी बैंक र दी हिडन ट्रेजरबीच सम्झौतामा भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गर्नुभयो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२२ प्रियंका रानी जोशी लाई नियुक्ती गरिएको बताउनुभयो । 

सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ जोशी ले आफु इतिहास बोकेको सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताउनुभयो । 
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन सुस्मिता बैद्यले गर्नुभएको थियो । 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कंडेल, विभागीय प्रमुखहरु, दी हिडेन ट्रेजरका निर्देशकद्धय सुवर्ण क्षेत्री प्रमोद कंसकार, मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्र्थ–२०२२ डा.सरिसा श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल–२०२२ न्यान्सी खड्का लगायत बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

 

 

 

 

नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् । रोल.........
रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाईटीको समस्या र भावी मार्गचित्र बिषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रस भित्र विधिको शासन कायम लागू गर, रेडक्रसलाई नीजि कम्पनी नवनाउ, अदालतको आदेश पालना गर लगाएतका प्लेकार्ड देखाउदै प्रदर्शन गरेका हुन् । सरकारले जेठ ३१ गते सुदर्शनप्रसाद नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो , उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना पक्ष अदालत गएको थियो । सोसाइटीका अध्यक्ष नेपालले अदालतलाई देखाउदै अर्को पक्षले सोसाइटीको काममा अवरोध सिर्जना गर्दै आएको आरोप लगाउनुभयो । बाइट............
यसअघि दुवै पक्षबीच रेडक्रस सोसाइटीको कार्यालयमा पनि पटक पटक विवाद हुँदै आएको छ ।