९ मंसिर, २०८१ आइतबार
06:42:07 AM
१० साउन, २०७९
काठमाण्डौं । सानिमा बैंकले भिडियो केवाइसी (भीकेवाइसी) सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाइसी (भीकेवाइसी) सेवा सुरु गरेको हो । गैरआवासीय तथा नेपाली मूलका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भीकेवाइसी गरी खाता सुचारु गर्न सक्ने बैंकले जनाएको जानकारी दिएको छ ।
ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त हुने बैंकले जनाएको छ । भीकेवाइसी सुविधामार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्ने बैंकले जनाएको छ।
ग्राहकहरुले अनलाइन खाता खोल्दा भीकेवाइसी विकल्प रोजी कर्मचारीसँग प्रत्यक्ष कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने बताइएको छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोनकलमार्फत् गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार भीकेवाइसी प्रमाणीकरण प्रक्रिया स्वीकृत भएपछि ग्राहकले खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक एक करोड रुपैयाँसम्म खर्च गर्न सक्ने छन् ।