९ मंसिर, २०८१ आइतबार

06:29:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकै दिनमा ७ अर्बले घट्यो बैंकहरूको निक्षेप, सिडी रेसियो कति ?

१० साउन, २०७९

एकै दिनमा ७ अर्बले घट्यो बैंकहरूको निक्षेप, सिडी रेसियो कति ?

काठमाडौं । एकै दिनमा बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप संकलन ७ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन ७ गतेसम्म बैंकहरूको निक्षेप ५० खर्ब ८१ अर्ब रूपैयाँ रहेको थियो । एकै दिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप ७ अर्बले घटेर साउन ८ गतेसम्म कुल निक्षेप ५० खर्ब ७४ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंक जनाएको छ ।  यो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ६ अर्बले घटेर ४४ खर्ब ७० अर्बमा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी १ अर्बले घटेर ४६ खर्ब ८७ अर्ब रूपैयाँमा झरेको छ । वाणिज्य बैंकहरूको कर्जा प्रवाह भने ४१ खर्ब ५८ अर्ब रूपैयाँमा स्थिर छ । बैंकहरूको औसत कर्जा( निक्षेप अनुपात (सीडी रेसियो) ८७.४४ प्रतिशतबाट बढेर ८७.६२ प्रतिशत पुगेको छ ।