१६ कार्तिक, २०८१ शुक्रबार
11:17:45 AM
१० साउन, २०७९
काठमाण्डौं । संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ । मंगलबार बसेको विशेष समितिको बैठकले सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने गरी बैठक स्थगित भएको छ । अब बैठक अपराह्न चार बजे बस्नेछ ।
मंगलबारको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हरेका थिए । त्यसपछि बैठक आजै अपराह्न चार बजे बस्ने गरी स्थगित गरिएको हो ।
तत्कालीन मन्त्री जनार्दन शर्मामाथि आर्थिक वर्ष २०७९÷८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप छ ।
सो दिनको सीसीटीभी फुटेज डिलिट भएको जवाफ मन्त्रालयले दिएपछि संसदीय समितिले रिकभरका लागि प्रहरीसँग सहयोग लिएको थियो ।