९ मंसिर, २०८१ आइतबार
06:16:09 AM
१० साउन, २०७९
काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लि.को प्राङ्गणमा एटिएम संचालनमा ल्याएको छ । सोमवार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनी लि।का संचालक समिति सदस्य प्रकाशकुमार अधिकारीले उक्त एटिएमको समुद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थि, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल लगायतको उपस्थिती रहेको थियो ।
नेपाल बैंकले नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।