९ मंसिर, २०८१ आइतबार

06:23:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आइएमई लघुवित्तको नाफा १० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१० साउन, २०७९

ग्लोबल आइएमई लघुवित्तको नाफा १० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समिक्षा अवधिमा लघुवित्त कम्पनीको मुनाफामा सामान्य बढेको छ ।

लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १०.०४ प्रतिशतले बढि हो ।

गत वर्षको यसै अवधिमा संस्थाले २२ करोड ७६ लाख ५४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि २६.९३ प्रतिशतले बढेर ३९ करोड ७६ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३१ करोड ३२ लाख रुपैयाँमा सीमित थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी २५.३० प्रतिशतले बढेर ५६ करोड ७८ लाख ६२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ४५ करोड ३१ लाख ७१ हजार रूपैयाँ रहेको थियो ।

संस्थाको रिजर्भको आकार ३३.४५ प्रतिशतले बढेर ४६ करोड ९ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३४ करोड ५४ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा ४६ करोड ९ लाख हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४५ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा रहेको छ ।