९ मंसिर, २०८१ आइतबार

06:55:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने , कति पाइन्छ ब्याज ?

१० साउन, २०७९

एभरेष्ट बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने , कति पाइन्छ ब्याज ?

काठमाडौं ।  एभरेष्ट बैंकले यही साउन १८ गतेबाट २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र-२०८५’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। जसमध्ये बैंकले सर्वसाधारणका लागि ८  लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्ताका लागि छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।


बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले सानिमा क्यापिटल लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।