१६ चैत, २०८० शुक्रबार

06:56:29 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शीत भण्डारमा आलु बिग्रिएको डेढ वर्ष भयो तर किसानले पाएनन् क्षतिपूर्ति

Nepal Business

९ साउन, २०७९

स्याङ्जाको भीरकोट नगरपालिका– ५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।

शीत भण्डारमा आलु बिग्रिएको डेढ वर्ष भयो तर किसानले पाएनन् क्षतिपूर्ति

स्याङ्जा,
भण्डारण गरेको बीउ आलु बिग्रिए पनि किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । 

पकानका किसानले सामूहिक वा व्यक्तिगतरुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ– ११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राखेको पकानका अगुवा किसान शेषकान्त तिवारीले बताउनुभयो । 

स्याङ्जाको भीरकोट नगरपालिका– ५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।

पकानका किसानले सामूहिक वा व्यक्तिगतरुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ– ११ अमलेस्थित ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित शीत भण्डारमा राखेको पकानका अगुवा किसान शेषकान्त तिवारीले बताउनुभयो । 

शीत भण्डारमा राखिएको बीउ आलु लगाउन योग्य नहुने गरी शीत भण्डारमा बिग्रिँदा यहाँका धेरै किसान मर्कामा परेको उहाँले बताउनुभयो ।

“महँगो पर्ने बीउ आलुको सुरक्षित भण्डारणका लागि शीत भण्डारमा राख्यौँ” उहाँले भन्नुभयो, “शीत भण्डारको प्राविधिक समस्या हो या के हो भण्डारण गरिएको बीउ लगाउन नहुने प्राविधिकले राय दिएपछि त्यहीँ छोडेका हौँ ।” 


बीउ आलु बिग्रिएको पनि करिब डेढवर्ष भइसक्दासमेत शीत भण्डारले उचित क्षतिपूर्ति नदिएकोमा आफूजस्तै यहाँका सबै किसान मर्कामा परेको उहाँले दुःखेसो गर्नुभयो ।