९ मंसिर, २०८१ आइतबार

06:38:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साउनको पहिलो साता ६३ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

९ साउन, २०७९

साउनको पहिलो साता  ६३ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

काठमाडौं । साउनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन पहिलो साता साउन १ गते देखि साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको हो।

योसँगै साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७८ अर्ब रुपैयाँमा पुगेको छ । गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकर्स एसोसिएनको तथ्यांकमा उल्लेख थियो ।

त्यस्तै, साउनको पहिलो ६ दिनमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । असार ३२ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेको  थियो । उक्त कर्जा प्रवाह साउनको पहिलो ६ दिनमा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्ब रुपैयाँमा रहेको छ । साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.७५ प्रतिशत रहेको छ ।