१६ कार्तिक, २०८१ शुक्रबार

09:21:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकले सार्वजनिक गर्यो अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा (पूर्णपाठसहित)

९ साउन, २०७९

राष्ट्र बैंकले सार्वजनिक गर्यो अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ । यस सर्वेक्षणअन्तर्गत राष्ट्र बैंकले गत असार २० देखि असार २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसंग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो ।

 सर्वेक्षणमा आएका परिणामहरू ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित छन् । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा २१० थप व्यक्तिहरू थपिएका राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणका क्रममा ९४.७ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी ९४.४ प्रतिशत उत्तरदाताले आगामी १ वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्।

आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा केही बढेको छ भने अर्को एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश थोरै घटेको छ।

यसैगरी गैरखाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहमा आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा बढेको छ।

यस्तै तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूहबाहेकका सबै समूहमा एक वर्षअगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताको अंश चैत २०७८ को तुलनामा घटेको राष्ट्र बैंकले जनाएको छ।

तीन महिनापछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ। एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति चैत २०७८ को तुलनामा थोरै घटेको छ। तीन महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३ .५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

उपभोक्ताले अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महसुस गरेका छन्। ‘व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन्’, सर्वेक्षण नतिजामा भनिएको छ।