९ मंसिर, २०८१ आइतबार

06:58:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रोग्रेशिभ फाइनान्सको ८ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

९ साउन, २०७९

प्रोग्रेशिभ फाइनान्सको ८ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ८ लाख ३२ हजार ६ सय ३२ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरी निवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि फाइनान्सले जनाएको छ ।