५ जेठ, २०८१ शनिबार

07:43:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकिङ कसूरमा ४० लाख विगो ठहर भएका व्यक्ति पक्राउ

Nepal Business

२९ पुस, २०७८

बैंकिङ कसूरमा ४० लाख विगो ठहर भएका व्यक्ति पक्राउ

काठमाडौं, २९ पुस । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं जोरपाटी बस्ने खोटाङ कपिलासगढीगाउँपालिका–९ स्थायी वतन भएका ३२ वर्षीय प्रकाश राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा ४० लाख रुपैयाँ बिगो ठहर भइ उच्च अदालत पाटन ललितपुरबाट गत कात्तिक १० गते पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जोरपाटीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।