९ मंसिर, २०८१ आइतबार

06:23:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लाभांश लिन सेयरधनीलाई डिप्रोक्स लघुवित्तको अनुरोध, नलिए के हुन्छ ?

९ साउन, २०७९

लाभांश लिन सेयरधनीलाई डिप्रोक्स लघुवित्तको अनुरोध, नलिए के हुन्छ ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले सेयधनीहरुलाई विभिन्न वार्षिक साधारण सभाबाट पारित भएका
पुरानो लाभांश लिन अनुरोध गरेको हो।

सेयरधनीहरुले संस्थाको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश लिन नगएमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको नाम संस्थाको वेबसाइट www.ddbank.org.np  मा हेर्न सकिने संस्थाले जनाएको छ ।