९ मंसिर, २०८१ आइतबार
05:02:42 AM
९ साउन, २०७९
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा समिक्षा अवधिमा लघुवित्तको मुनाफामा उल्लेख्य बृद्धि भएको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले २६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यो नाफा ८७.८२ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १४ करोड ३१ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ६०.८४ प्रतिशतले बढेर ४२ करोड ७२ लाख ९५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २६ करोड ५६ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।
समीक्षा वर्षमा संस्थाको सञ्चालन मुनाफा पनि ९०.७२ प्रतिशतले बढेर ३८ करोड ८४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २० करोड ३६ लाख रुपैयाँमा सीमित थियो।
कम्पनीको सापटी ९.८३ प्रतिशतले बढेर ९ अर्ब ४५ करोड पुगेको छ भने कम्पनीको कर्जा प्रवाह २७.२२ प्रतिशतले बढेर १० अर्ब ४० करोड पुगेको छ । कम्पनीको खराब कर्जा शुन्य छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा ४४ करोड ६ लाख हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी २७ रुपैयाँ ८८ पैसा, र प्रति शेयर नेटवर्थ १४५ रुपैयाँ ६९ पैसा रहेको छ ।