९ मंसिर, २०८१ आइतबार
05:47:13 AM
९ साउन, २०७९
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ र ९१ दिन अवधिको १३ अर्ब ६० करोड गरी कूल १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।
२८ दिने ट्रेजरी आगामी भदौ ७ गते परिपक्व हुनेछ भने ९१ दिने ट्रेजरी कात्तिक ८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । आज ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।
यसअघि राष्ट्र बैंकले ९१ दिन अवधिको ८ करोड रुपैयाँ, १८२ दिन अवधिको छ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ८ अर्ब ६० १० करोड गरी कूल २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।