९ मंसिर, २०८१ आइतबार
05:17:44 AM
९ साउन, २०७९
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा बैंकले २ अर्ब २ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा ५२ प्रतिशत बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब ३३ करोडभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको चौंथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ४७ करोडभन्दा बढी छ । गत वर्ष बैंकको सञ्चालन नाफा ३९.१७ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष १ अर्ब ९२ करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष २ अर्ब ६७ करोडभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
बैंकको वित्तीय विवरण अनुसार ८ प्रतिशत बोनस सेयर वितरण गरी चुक्तापूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार पु¥याएको बैंकको रिटेन्ड अर्निग ६९.६८ प्रतिशत बढी १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षको तुलनामा ११.२३ प्रतिशत बढेर ३ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
यस्तै गत वर्ष बैंकले २६.१६ प्रतिशत बढी १ खर्ब ३४ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २८.१३ प्रतिशत बढी १ खर्ब २१ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष १.७६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १.९३ प्रतिशत पुगेको छ । गत वर्षको चौथो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी १८.१५ र प्रतिशेयर नेटवर्थ १४७.७९ रहेको छ ।