१० मंसिर, २०८१ सोमबार
06:13:41 PM
९ साउन, २०७९
काठमाण्डौं । निर्माणका ठेक्कामा संलग्न थप १६ वटा कम्पनी कालोसूचीमा परेका छन् । सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न १६ वटा विकास निर्माणका कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो ।
सूचनामा लेखिएको छ, ‘यस कार्यालयको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) तथा सार्वजनिक खरिद नियमावली, २६४ को नियम १४१ को उपनियम (१०) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी तपशिलका निर्माण व्यवसायी÷आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालोसूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी÷आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
कालोसूचीमा राखिएका निर्माण व्यवसाय तथा आपूर्तिमा संलग्न यी कसम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदकार्यमा भाग लिन सक्ने छैनन् ।
हाल कालोसूचीमा थपिएका कम्पनीहरूलाई कम्पनीअनुसार एकदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक निकायको खरिदकार्यमा प्रतिबन्ध गरिएको छ ।