८ मंसिर, २०८१ शनिबार
07:08:10 PM
९ साउन, २०७९
अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जिवितै उद्धार गरिएको र प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा रहेको डिएसपी डाँगीले जानकारी दिनुभयो ।
अछाम,
अछामको तुर्माखाँद–२ भुलुमा गएराति भिषण पहिरो गएको छ । पहिरोमा पुरिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । एक जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
राति १ बजे अमर विष्टको घर खसेको पहिरोमा पुरिँदा उनकी भाउजु ४५ वर्षीया हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जिवितै उद्धार गरिएको र प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा रहेको डिएसपी डाँगीले जानकारी दिनुभयो । पहिरोमा पुरिएर ५–६ वटा चौपाया पनि मरेका छन् । घरमुली अमर विष्ट भने कामका सिलसिलामा साँफेबगर गएकोले जोगिएको बताइएको छ ।
प्रभावित परिवारलाई राहत र घाइतेको सिघ्र उपचारका लागि गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनुभएको छ ।