५ जेठ, २०८१ शनिबार

08:04:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

८.४२ प्रतिशत लाभांश पारित गर्दै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको साधारण सभा सम्पन्न

२९ पुस, २०७८

८.४२ प्रतिशत लाभांश पारित गर्दै  नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको साधारण सभा सम्पन्न

काठमाण्डौंं
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २४औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न गरेको छ । साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभाबाट पारित ८ प्रतिशत बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रूपैयाँ पुग्नेछ । 

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै गत आर्थिक वर्षमा कर तथा बोनस पछि १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १ सय ३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र १ सय १४ वटा एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।