१६ कार्तिक, २०८१ शुक्रबार
11:17:09 PM
८ साउन, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिने र ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ ७ गते परिपक्व हुनेछ।
यसैगरी केन्द्रीय बैंकले ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। जुुन आगामी कार्तिक ८ गते परिपक्व हुनेछ।
यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
टरेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।