६ जेठ, २०८१ आइतबार

10:56:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुमारी जबको ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सञ्चालन

Nepal Business

८ साउन, २०७९

कुमारी जबको ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सञ्चालन

काठमाण्डौं । के तपाईं राम्रो जागिरको खोजीमा हुनुहुन्छ ? अथवा आवश्यक ज्ञान र सीपको अभावमा हातमै आएको सुनौलो अवसर पनि गुमाउनु परेको छ ? त्यसो हो भने अब चिन्तान लिनुहोस्, कुमारी जबले पुर्व मिस नेपाल तथा मिडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सञ्चालन गर्दैछ।

कुनै पनि अफिस अथवा संस्थाको लागि फ्रन्ट अफिस र सेक्रेटरियल विभाग अत्यन्तै महत्वपूर्ण हुन्छ । र यस्तो काममा आफ्नो करियर बनाउनको लागि र सफलता पाउनको लागि एउटा निश्चित योग्यता, सीप अथवा तालिम चाहिन्छ ।

तालिमको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले भन्नुभयो, ‘अहिले काठमाण्डौं लगायत बिराटनगर, पोखरा, बुटवल तथा नेपालका विभिन्न शहरहरुमा ठुला–ठुला व्यापारिक संस्थाहरु खोल्ने एवम्् शाखा विस्तार गर्ने काम भइरहेको छ र ती संस्थाहरुमा योग्य र तालिम प्राप्त उम्मेदवारहरुको उच्च माग रहेको छ । यहि आवश्यकतालाई ध्यानमा राख्दै हामीले “फ्रन्ट अफिस एन्ड म्यानेजमेन्ट सेक्रेटरियल एटिक्वेट्स तालिम” सञ्चालन गरेका हौँ । आशा छ यस तालिममा सहभागी सम्पूर्णले कामको लागि आवश्यक ज्ञान र सीपहरु सिक्नुहुनेछ र आफुलाई एक योग्यउ म्मेदवारको रुपमा प्रस्तुत गर्नुहुनेछ ।”

फ्रन्ट अफिस र सेक्रेटरियल विभागमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम अत्यन्तै उपयोगी हुनेछ । रिसेप्सनिस्ट्, पर्सनल् असिस्टान्ट, सेक्रेटरी लगायत अन्य विभिन्न कामको खोजीमा रहेका व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित कम्पनीको दावी छ । 

यहि आइतबार शुरु हुन गइरहेको १२ दिनको यस तालिममा सहभागीहुन इच्छुक व्यक्तिहरूले https://cutt.ly/cLRpn5w मा लग–इन गरेर अथवा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । यसको साथ–साथै कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमा पनि प्रशिक्षण सन्चालन गर्दै आइरहेको छ ।