७ जेठ, २०८१ सोमबार

01:24:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिएचआई ब्राण्डका इलोक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा

Nepal Business

८ साउन, २०७९

डिएचआई ब्राण्डका इलोक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा

काठमाडौं । डिएचआई इलोक्ट्रोनिक्स प्रा.लीले डिएचआई ब्राण्डका इलोक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा ल्याएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका गरी कम्पनीले उक्त ब्राण्डका इलोक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा ल्याएको जानकारी दिएको हो । 

डिएचआइ ह्यापियर होम छुट्टै छ है भन्ने नारा बोकेको यस ब्राण्डका इलोक्ट्रोनिक्स र घरायसी उपकरणहरु बजारमा सर्वत्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा डि एच आइ ब्रान्डका विभिन्न उत्पादनहरु प्रदर्शन गरिएको थियो । जसमा घरेलू तथा होम इन्टरटेन्मेन्टका उपकरणहरु अन्गर्गत टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिमनी, भ्याकुम क्लिनर र चस्ट, फ्रीजर लगायतका उपकरण राखिएको थियो ।

डि एच आइ ब्रान्डका उपकरणहरुले भान्सामा र घरमा सहजता र चुस्तता प्रदान गर्ने कम्पनीले विश्वास लिनुका साथै यस उत्पादनहरुले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरि बजारको मागलाई सम्बोधन गर्न मदत पुग्ने कम्पनीले जनाएको छ । 

कार्यक्रममा डिएचआइका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलले भन्नुभयो, ‘डिएचआइ होम एप्लाइन्सका नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरु बजारमा उपलब्ध छन् जुन निकै सुविधाजनक, भरपर्दो र तुलनात्मक रुपमा प्रतिस्पर्धी मुल्यमा उपलब्ध छन् । हामीले डिएचआइ ब्रान्डका उत्कृष्ट उत्पादनहरु मार्फत गा्रहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्यक घरलाई सुखि घर बनाउने लक्ष्य राखेका छौं र हाम्रा ग्राहकहरुको मन जितिरहेको छौं ।’

करीब दुई वर्षदेखि नेपालमा सेटअप बक्सको निर्माण र वितरणमा अग्रणी भुमिका खेल्दै आएको डिएचआइ इलोक्ट्रोनिक्सले पछिल्लो समय स्वदेशी बजारमा इलोक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई मध्यनजर नगरी आफ्नो गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको जनाएको छ । यस कम्पनीले नेपालभरी आफ्नो सेवा सञ्जाल समेत बिस्तार गर्दै आएको छ ।