९ मंसिर, २०८१ आइतबार

05:34:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच आर्थिक सहयोगसम्बन्धी सम्झौता

Nepal Business

८ साउन, २०७९

सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच आर्थिक सहयोगसम्बन्धी सम्झौता

काठमाडौं । सानिमा बैंक र नेपाल प्रहरी अस्पतालबीच आर्थिक सहयोगसम्बन्धी सम्झौता भएको छ । न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि आर्थिक सहयोगसम्बन्धी बैंक र प्रहरी अस्पताबीच सम्झौता भएको हो । 

सम्झौतापत्रमा नेपाल प्रहरी अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंंह र सानिमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गर्नुभएको हो । 

सम्झौताअनुसार बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि वार्षिक ४ लाख ८० हजार रुपैयाँ नेपाल प्रहरी अस्पताललाई उपलब्ध गराउने छ ।

बैंकले प्रत्येक ‘नारी बचत खाता’  बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दै आएको छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले नेपाल प्रहरी अस्पतालसँग यो सम्झौता गरेको बैंकले जनाएको छ ।