१० मंसिर, २०८१ सोमबार

07:33:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुलुकभर एक वर्षमा ३०९ वटा उद्योगहरु दर्ता

Nepal Business

८ साउन, २०७९

 मुलुकभर एक वर्षमा  ३०९ वटा उद्योगहरु दर्ता

काठमाण्डौं । आर्थिक वर्ष २०७८/७९ मा मुलुकभर ३०९ वटा उद्योगहरु दर्ता भएका छन् । उद्योग विभागका अनुसार यी उद्योगमा कुल ३ खर्ब ४३ अर्ब लगानी गर्ने उद्योगीहरुले प्रतिबद्धता जनाएका छन् । जसमध्ये ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी रहेको उद्योग रहेका छन् । 

यससँगै मुलुकभर दर्ता भएका उद्योगको कुल संख्या ८ हजार ७६४ पुगेको विभागले जनाएको छ । अघिल्लो आ।व २०७७र७८ मा कुल २०३ उद्योग विभागमा दर्ता भएका थिए । जसमा ४२ वटा ठूला, ४९ वटा मझौला र ११२ वटा साना उद्योग थिए ।


कोभिड–१९ महामारीका कारण अवरुद्ध भएको लगानीको माहोल फर्किएको संकेत यस वर्षको तथ्यांकले देखाएको विभागले जनाएको छ ।