९ मंसिर, २०८१ आइतबार
05:16:42 AM
८ साउन, २०७९
काठमाण्डौं । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार दैनिक २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ।
आर्थिक वर्ष २०७८÷०७९ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ ।सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ९३ अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।
राष्ट्र बैंकका अनुसार फागुन महिनामा ९१ अर्ब, ७ करोड, वैशाखमा ८७ अर्ब ५ करोड, जेठमा ९३ अर्ब ३९ करोड भित्रिएको छ । आर्थिक वर्ष २०७७÷७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ र २०७६÷०७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ वैदेशिक रेमिट्यान्स भित्रिएको छ ।