९ मंसिर, २०८१ आइतबार

05:21:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु बैंकको नाफा ५१.११ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

८ साउन, २०७९

प्रभु बैंकको नाफा ५१.११ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

काठमाडौं ।  प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको विवरण अनुसार गत आर्थिक वर्षमा बैंकले २ अर्ब ६० करोड ३९ लाख ९७ हजार नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको हो । अघिल्लो आवको असार मसान्तमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४७.७५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म ३ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २ करोड ३३ लाख रुपैयाँबाट बढेर ६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ५५ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.६८ प्रतिशतबाट घटेर १.२० प्रतिशत रहेको छ ।सीडी रेसियो ७८.३५ प्रतिशत रहेको बैंकको आधार दर ९.२४ प्रतिशत रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २०.४६ रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ रहेको छ।