६ जेठ, २०८१ आइतबार

11:41:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको घट्यो

Nepal Business

८ साउन, २०७९

सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको घट्यो

काठमाण्डौं । साताको पहिलो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । 

छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ थियो । 

तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार पाँच सय रुपैयाँ थियो । 

यस्तै चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।