२४ बैशाख, २०८१ सोमबार

05:03:56 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘शिक्षा प्रणालीमा अति राजनीतिकरण, समृद्धिको अभियानमा असर

Nepal Business

७ साउन, २०७९

उहाँले सामुदायिक विद्यालयको रुपान्तरणका लागि शिक्षकहरू जिम्मेवार बन्नुपर्ने र सुशासनलाई सवलीकरण गर्दै संविधानको मौलिक हकको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘शिक्षा प्रणालीमा अति राजनीतिकरण, समृद्धिको अभियानमा असर

काठमाडौँ,
शिक्षाविद् र सरोकारवालाले सार्वजनिक शिक्षामा राज्यको लगानीअनुसारको प्रतिफल नआएकाले विद्यमान प्रणालीमा रुपान्तरण गर्न सुझाव दिएका छन् ।

सरकारले पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक छपाइ, परीक्षा प्रणाली, शिक्षक नियुक्तिजस्ता प्रक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने र त्यस्ता क्षेत्रमा पनि बजारलाई खुला राख्ने भन्ने विषयमा विज्ञहरूबीच मतान्तर पनि देखिएको छ ।

शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘सार्वजनिक शिक्षामा रूपान्तरणमा  विकल्प के ?’ विषयक छलफल कार्यक्रममा शिक्षाविद् डा विद्यानाथ कोइरालाले नेपालमा पूर्ण सामुदायिकरण र पूर्ण निजीकरण प्रणाली सम्भव नहुने भएकाले नेपाली सभ्यता र संस्कृतिअनुसार समुदाय र निजी क्षेत्रको ज्ञान तथा स्रोतको बहुउपयोग गर्नुपर्ने बताउनुभयो । 

उहाँले सामुदायिक विद्यालयको रुपान्तरणका लागि शिक्षकहरू जिम्मेवार बन्नुपर्ने र सुशासनलाई सवलीकरण गर्दै संविधानको मौलिक हकको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।