५ जेठ, २०८१ शनिबार

11:22:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैकमा जम्मा भएको निक्षेप २० वर्षसम्म लिन नआएमा राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा हुने

२९ पुस, २०७८

निक्षेपकर्ताको कानूनी हकवालाले दावी गरेमा पाउने, तर ब्याज नपाउने

बैकमा जम्मा भएको निक्षेप २० वर्षसम्म लिन नआएमा राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा हुने

काठमाण्डौं
बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप २० बर्षसम्म कसैले लिन नआएमा राष्ट्र बैंकको बैंकिङ कोषमा राख्नु पर्ने भएको छ। यसरी बीस वर्ष अवधि कटिसकेको रकम राष्ट्र बैकको बैंकिङ विकास कोषमा जम्मा गर्नु पर्ने सूचना विहिवार राष्ट्र बैंकले जारी गरेको छ । 
रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताको विस्तृत विवरण सुरक्षित राख्नु पर्नेछ । जम्मा गरिएको निक्षेप रकममा कुनै निक्षेपकर्ता  वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पुर्ण कानुनी प्रकृया पुरा गरी दावी गर्न आएमा बैंक तथा वित्तीयसंस्थाले प्रमाणसहित राष्ट्र बैंकसँग दावी प्रस्तुत गर्नु पर्ने छ। 
राष्ट्र बैंकले त्यसरी जम्मा भएको पैसामा ब्याज दिँदैन। तर सम्बन्धित निक्षेपको ब्याज  सृजना भइरहने हुनाले बैंक तथा वित्तीय संस्थाले भने तिर्नु पर्दछ।

यसरी राष्ट्र बैकको बैंकिङ विकास कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।