१२ मंसिर, २०८१ बुधबार
11:06:05 PM
६ साउन, २०७९
परिसंघका अध्यक्ष विष्णु अग्रवालले मुद्रा आपूर्ति घटाउने, ब्याजदरलाई अझै बढाउने र मूल्यवृद्धिलाई बढावा दिने गरी नीति आएको बताउनुभयो ।
काठमाडौं,
निजी क्षेत्रले शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको आलोचना गरेको छ ।
नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले मौद्रिक नीति कसिलो भएको प्रतिक्रिया दिएको छ ।
उसले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेतर्फ नीति केन्द्रित नभएको जनाएको हो । नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले मौद्रिक नीति कसिलो भएको प्रतिक्रिया दिएको छ ।
परिसंघका अध्यक्ष विष्णु अग्रवालले मुद्रा आपूर्ति घटाउने, ब्याजदरलाई अझै बढाउने र मूल्यवृद्धिलाई बढावा दिने गरी नीति आएको बताउनुभयो ।
अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातमा वृद्धि, नीतिगत ब्याजदर र बैंकदरमा वृद्धिलगायतले ऋणलाई निरुत्साहित गर्ने अग्रवाल बताउँछन् ।
यस्ता व्यवस्थाले ब्याजदरलाई नै बढाउने र समग्रमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सहयोग नगर्ने निजी क्षेत्रको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि मौद्रिक नीति कडा भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले ब्याजदर बढ्ने र उपभोग्य वस्तु महँगो हुने बताउनुभयो ।
उहाँले सेयर कर्जामा ४र१२ को सीमा परिमार्जनको विषय स्वागत योग्य भएको बताउनुभयो ।