९ मंसिर, २०८१ आइतबार
05:41:36 AM
६ साउन, २०७९
काठमाडौं । विदेश जाने नेपालीले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरिने भएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गरेको जनाउनुभएको हो ।
विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्राएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा छुट हुने व्यवस्थाका लागि समेत यस वर्ष समन्वय हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले विदेशबाट आउने विप्रषणको दायरा फराकिलो बनाउन विद्यमान विप्रेषणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने घोषणा गरेको हो ।