९ मंसिर, २०८१ आइतबार

05:46:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

६ साउन, २०७९

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले आर्थिक वृद्धि औसतभन्दा माथि रहने बताउनुभएको छ । उहाँले कोभिड महामारीले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने देखिने जनाउनुभएको छ ।  

त्यस्तै, मौद्रिक नीतिले सेयर धितो कर्जामा हेरफेर गरेको छ । यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४।१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको हो ।

अर्थात् यसअघि सेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको हो । राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था समेत गरेको छ ।

अब बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरिएको हो । साथै मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले आयात गर्न राखिने मार्जिनलाई परिमार्जन गरिने जनाएको छ ।