८ मंसिर, २०८१ शनिबार
07:21:33 PM
६ साउन, २०७९
काठमाण्डौं । काठमाण्डौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ । बागमति प्रदेश सरकारले बिहीबारदेखि नै लागु हुनेगरी काठमाण्डौंमा चल्ने सार्वजनिक सवारीसाधन चढ्ने वित्तीकै ५ किलोमिटरको दूरीसम्म २० रुपैयाँ लाग्ने भएको छ ।
यस्तै क्रमशः १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडा लाग्नेछ ।
यसअघि चढ्नेवित्तीकै ५ किलोमिटरसम्म २० रुपैयाँ नै थियो भने १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ थियो ।
यस्तै बागमति सरकारले काठमाण्डौं उपत्यकाबाहिर बागमति प्रदेशभित्रै चल्ने सवारीसाधनको भाडादरमा यसअघिको तुलनामा ८ प्रतिशतले वृद्धि गरेको छ ।