९ मंसिर, २०८१ आइतबार

05:12:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोभिडका बेला दिइएको सहुलियत कर्जा कटौती हुनेः गभर्नर अधिकारी

६ साउन, २०७९

कोभिडका बेला दिइएको सहुलियत कर्जा कटौती हुनेः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाइ गरिने नीति लिइएको बताएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा प्रवाहमा कडाइ गरिने जानकारी गराउनुभएको हो ।

उहाँले कर्जालाई उत्पादनशील क्षेत्रमा प्राथमिक दिइने कार्यदिशा लिइएको बताउनुभएको छ । साथै उहाँले कोभिडका बेला उपलब्ध गराइएको सहुलितपूर्ण कर्जामा कटौती गर्दै लगिनेछ बताउनुभएको छ ।

कृषिलगायतका उत्पादनशील क्षेत्रमा मात्रै कर्जा उपलब्ध गराइनुका साथै साना र घरेलु उद्योगलाई कर्जा प्रवाहमा विशेष प्राथमिकता दिइने गभर्नर अधिकारीले बताउनुभएको छ ।