९ मंसिर, २०८१ आइतबार
05:37:01 AM
६ साउन, २०७९
काठमाण्डौं। चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक सार्वजनिक गर्नुभएको छ । गभर्नरका रुपमा अधिकारीको यो तेस्रो मौद्रिक नीति हो । पहिलो मौद्रिक नीति आउँदा देशमा लकडाउन थियो। उद्योगधन्दा ठप्प थिए ।
उहाँले पहिलो मौद्रिक नीतिमार्फत ऋण भुक्तानी गर्ने समय थप गर्नुका साथै अतिरिक्त तरलता प्रवाहका लागि पुनर्कर्जा ल्याउनुभएको थियो । तरलता प्रवाह गरेर ब्याज दर पनि घटाउनुभएको थियो ।
दोस्रो मौद्रिक नीतिमा उनले अगाडि दिएका सुविधाहरु कटौती मात्र गरेनन् केही कडाइ समेत गरे। त्यसैका कारण तरलता अभाव चर्किएको विश्लेषण गरिन्छ । ४÷१२ को नीति ल्याएर सेयर बजार घटाएको आरोपसमेत उहाँलाई लाग्दै आएको छ ।