८ मंसिर, २०८१ शनिबार

07:18:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जलवायु परिवर्तनको असर न्युनिकरणका गर्न नीतिहरुलाई कार्यान्वयन गर्नुपर्नेमा सभामुखको जोड

Nepal Business

६ साउन, २०७९

जलवायु परिवर्तनको असर न्युनिकरणका गर्न नीतिहरुलाई कार्यान्वयन गर्नुपर्नेमा सभामुखको जोड

काठमाण्डौं । सभामुख अग्नी सापकोटाले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि भएका नीतिहरुलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अन्तराष्ट्रिय दिगो पर्वतीय वर्ष २०२२ का अवसरमा वन तथा वातावरण मन्त्रालयले शुक्रबार काठमाण्डौंमा सांसदहरुसंग गरेको छलफल कार्यक्रममा सभामुख सापकोटाले देशमा बनेका नीतिहरु कार्यान्वयन गर्न निकै चूनौति रहेको भन्दै जलवायु परिवर्तनको समस्या समाधानका लागि भएका नीतिहरुलाई कार्यान्वयन गर्नैपर्नेमा जोड दिनुभएको हो ।

उहाले जलवायु परिवर्तनले दिएको शिक्षालाई आत्मसाथ गर्ने संकल्प गर्नुपर्ने धारणा पनि राख्नुभयो । जलवायु परिवर्तनका कारण विश्वमा नै एकपछि अर्को धक्का दिइरहेको भन्दै सभामुख सापकोटाले यसको असर न्युनिकरणका लागि समस्यालाई बुझेर समाधानको बाटो खोज्नुपर्ने धारणा राख्नुभयो । 

उहाँले अहिले आफुले राज्यका तीन अंगमध्ये एक अंगको जिम्मेवारी बहन गरिरहेको र उक्त भूमिका देश र जनताको हितलाई अघि सार्दै पुरा गर्ने बताउनुभयो । कार्यक्रममा सांसदहरुले जलवायु परिवर्तनले विभिन्न असर देखाइरहेको भन्दै यसको न्युनिकरणका लागि विश्वसमूदायसंग हात्तेमालो गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।