९ मंसिर, २०८१ आइतबार

05:30:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’

Nepal Business

६ साउन, २०७९

मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’

काठमाण्डौं । मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नयाँ बचत खाता योजना ल्याएको छ । बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक–फरक सुविधाहरु ल्याइएको छ ।

यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यस्तै तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ–कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ ।

यसैगरी बैंकले रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरेको छ ।

मेगा बैंकका देशभरकै २ सय ८ वटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरुबाट सेवा दिदैँ र्आको छ ।