९ मंसिर, २०८१ आइतबार
05:39:59 AM
६ साउन, २०७९
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । अपराह्न ४ बजे गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९।८० को मौद्रिक नीति सार्वजनिक गर्न लाग्नुभएको हो ।
शुक्रबार बिहान नै सञ्चालक समितिको बैठक बसेको थियो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ । मौद्रिक नीति सार्वजनिकका लागि लाइभ (प्रत्यक्ष प्रशारण) को व्यवस्था गरिएको छ ।
मौद्रिक नीति सार्वजनिक भएपश्चात् भर्चुअल माध्यममार्फत साँझ ५ बजे पत्रकार सम्मेलन समेत गरिने अर्थ मन्त्रालयले जनाएको छ । यस वर्ष राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत गरेको छ ।
देशको अर्थतन्त्र बिग्रदै जाँदा नेपाल राष्ट्र बैंकले आज शुक्रबार जारी गर्न लागेको मौद्रिक नीति कस्तो आउला भन्ने आम जनताको चासो छ । सेयर लगानीकर्ताले सार्वधिक चासोका साथ हेरिरहेको ४।१२ को नीति परिमार्जन सहित आउन लागेको जनाइएको छ ।
४।१२ को नीति हटाउँदा केही दिन बजार बढ्ने र सो समयमा ठूला लगानीकर्ता लाभ लिएर बजारबाट बाहिरिने तर त्यसले साना लगानीकर्तालाई समस्या पार्ने हुँदा ४।१२ मा केही संशोधन गरिएको जनाइएको छ ।
यस बर्षको मौद्रिक नीतिमा ब्याजदर बढ्ने, घरजग्गा र गाडी खरिदमा कडाइ, बिलासी वस्तुको आयातमा कडाइ, विदेशी मुद्राको सञ्चिति बढाउने, बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित लगायतका विषय समावेश भएको छ ।