७ मंसिर, २०८१ शुक्रबार

02:47:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शिक्षकलाई १ लाख प्रोत्साहन भत्ता

२९ पुस, २०७८

शिक्षकलाई १ लाख प्रोत्साहन भत्ता

पाल्पा

तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई एक लाख रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।

राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले एक लाख रुपैयाँ प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक एक हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ । यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पारश्रमिक मासिक १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो  ।

यसअघि बालविकास सहजकर्ताको पारश्रमिक ६ हजार ५ सय रुपैयाँ रहेको थियो । न्यूनतम पारश्रमिकमा दिनभर स–साना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो । बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णय अनुसार नगरपालिकाले पारश्रमिक बढाएको हो ।

नगरपालिकाले ९४ लाख ५१ हजार रुपैयााँ थप गर्ने निर्णय गरेको हो । नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक ११८ र बालविकास सहजकर्ता ४६ जना रहेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा कर्मचारी तथा बालविकास सहजकर्ताका लागि वार्षिक एक करोड १८ लाख बराबर खर्च भएको थियो ।