९ मंसिर, २०८१ आइतबार
05:31:18 AM
६ साउन, २०७९
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन ६ गते, शुक्रबार) बाट संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । संस्थाले ५ हजार कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरेको हो । उक्त सेयरको न्युनतम मूल्य ४ सय ४० रूपैयाँ तोकिएको छ ।
लगानीकर्ताले साउन २६ गतेसम्म न्युनतम १ हजार कित्तादेखि र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सानिमा क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।