९ मंसिर, २०८१ आइतबार

05:41:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो आदर्श लघुवित्तको पहिलो कारोबार ?

६ साउन, २०७९

स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो आदर्श लघुवित्तको पहिलो कारोबार ?

काठमाडौं । आज (साउन ६ गते शुक्रबार) स्पेशल प्रि ओपन सेसनमा आदर्श लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ। शुक्रबार सो सेसनमा लघुवित्तको सेयर प्रतिकित्ता २५६ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो।

साउन २ गते, सोमबार कम्पनीको २ लाख ७ हजार कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको थियो । नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय २२ रूपैयाँ ८८ पैसादेखि अधिकतम ३ सय ६८ रुपैयाँ ६४ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । कम्पनीको सेयरलाई नेप्सेले एडीएलबी कारोबार संकेत प्रदान गरेको छ। कम्पनीको कारोबार मंगलबारदेखि हुनु पर्ने थियो।

तर, कारोबार म्याचिङ्ग नभएका कारण पछिल्लो ३ कारोबारको दिनदेखि लघुवित्तको कारोबार हुन सकेको थिएन। त्यसले लघुवित्तको पहिलो कारोबार शुक्रबार स्पेशल प्रि ओपन सेसनमा सरेको हो।