९ मंसिर, २०८१ आइतबार

05:46:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आईएमई बैंकको खुद नाफा २५ प्रतिशतले बढ्यो

Nepal Business

६ साउन, २०७९

ग्लोबल आईएमई बैंकको खुद नाफा २५ प्रतिशतले बढ्यो

काठमाण्डौं । आर्थिक वर्ष ७८÷७९ मा ग्लोबल आईएमई बैंकको खुद नाफा ४ अर्ब १६ करोडबाट बढेर ५ अर्ब २० करोड पुगेको छ । यो गत वर्षको तुलनामा २५ प्रतिशतले बढेको हो । 

बैंकले सर्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड रहेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७।५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड पुगेको छ ।

बैंकको निक्षेप ३.३७ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३.०७ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब पुगेको बैंकको तथ्यांकमा छ ।२३ अर्ब ७९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १३ अर्ब ३५ करोड रहेको छ । बैंकको खराब कर्जा १.२२ प्रतिशत रहेको छ

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा र प्रति सेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ ।